नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित

नेपाल एसिसी महिला एशिया कप २०२४ अन्तर्गत दोश्रो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ ।

रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आइतबार राती सम्पन्न खेलमा जितका लागि नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११.५ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गर्यो । टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो। नेपालकी कविता जोशीले अविजित रहदै सर्वाधिक ३१, सीता रानामगरले २६, पूजा महतोले २५ र कविता कुँवरले १३ रन जोडेकी थिइन् ।

एशिया कप अन्तर्गत समूह ए मा रहेको पाकिस्तानले पहिलो जित निकाल्दा नेपाल पहिलो हार व्यहोर्न बाध्य भएको छ । यो नतिजापछि नेपाल र पाकिस्तानको समान २ अंक भएको छ । समान अंक भएपनि रननेटको आधारमा पाकिस्तान दोश्रो र नेपाल तेश्रो स्थानमा रहेको छ। नेपालले मंगलबार तेश्रो तथा समूह चरणको अन्तिम खेलमा गत संस्करणको विजेता भारतसँगै खेल्ने छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ