थ्रीस्टार चर्च बोइज युनाईटेडसँग पराजित

थ्री स्टार क्लबले जारी ललित स्मृति एन्फा यु-१८ लिगमा लगातार दोस्रो हार व्यहोरेको छ ।

बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा थ्री स्टार चर्च बोइज युनाईटेडसँग १-० गोल अन्तरले पराजित भएको हो ।

चर्च बोइजको जितका लागि अमनबहादुर तामाङले खेलको एक मात्र र निर्णायक गोल गरे । उनले पहिलो हाफको अन्तिम मिनेटमा गोल गरेका थिए ।

जितसँगै चर्च बोइजले दुई खेलबाट ३ अंक जोडेको छ । यता लगातार दोश्रो हार व्यहोरेको थ्री स्टार अंक विहीन रहेको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ