मनाङद्वारा संकटा क्लब १-० ले पराजित

  मनाङ मर्स्याङ्गदी क्लबले ललित स्मृति एन्फा यु-१८ युथ लिगमा विजयी शुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार सम्पन्न पहिलो खेलमा मनाङले संकटा क्लबलाई १-० गोलले पराजित गरेको हो । मनाङको जितका लागि विशाल चन्दले खेलको एक मात्र र निर्णायक गोल गरे । उनले खेलको पहिलो हाफको ४० औं मिनेटमा गोल गरेका थिए । जितसँगै मनाङले पहिलो खेलबाट ३ अंक जोड्न सफल भएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ