कराते टोली भुटान प्रस्थान

दक्षिण एसियाली कराते च्याम्पियनसिपको आठौं संस्करणमा सहभागी हुन नेपाली कराते टोली सोमबार भुटानको थिम्पु प्रस्थान गरेको छ । 

 साउन २ देखि ४ गतेसम्म हुने प्रतियोगितामा ७० खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका पूर्व सदस्य–सचिव एवं नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, कराते महासंघका महासचिव दावा गुरुङलगायतले सोमबारै त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा आयोजित एक कार्यक्रमबीच बिदाइ गरे । नेपालमै भएको सातौं संस्करणको प्रतियोगितामा नेपाल ३० स्वर्ण, २४ रजत र ७ कांस्य पदक जित्दै टिम च्याम्पियन बनेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ