जर्मनीमा सम्पन्न युरोकप फुटबल २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनस्थित ओलम्पिक स्टेडियममा आइतबार राती सम्पन्न फाइनलमा इङ्गल्याण्डलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ४७ औं मिनेटमा निको विलियम्सले लामिन यमलले दिएको पासमा गोल गर्दै स्पेनलाई अग्रता दिलाए थिए। ८६ औं मिनेटमा मार्क कुकुरेलाले दिएको पासमा माइकल ओयारजाबलले उत्कृष्ट गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए।
यससँगै स्पेनको चौथो पटक युरोको उपाधि जित्ने सपना पूरा भएको छ । स्पेनले यसअघि सन् १९६४, २००८ र २०१२ मा युरोको उपाधि जितेको थियो।
