रोहित र दीपेन्द्रले क्यारेवियन टी-१० लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेल र अलराउन्डर दीपेन्द्रसिंह ऐरीले म्याक्स ६० क्यारेवियन टी-१० लिग खेल्ने भएका छन् ।

वेस्ट इन्डिजमा हुने म्याक्स ६० क्यारेवियन टी-१० लिगको लागि शनिबार ड्राफ्ट भएको थियो । ड्राफ्टबाट रोहितलाई मियामी लायन्स र दीपेन्द्रलाई ग्रान्ड क्यामन स्टिंर्गेसले किनेको छ । रोहित सम्मिलित मियामीमा सोयब मल्लिक, डोयन ब्राबो, रवि भोपारा, कोरी एन्डरसन र चाडविक वाल्टन समावेश छन् । यसैगरी दीपेन्द्रको क्यामनमा एलेक्स हेल्स, रोविन उथप्पा, बेन डुक, जोसुवा लिटिल र मार्क वाट आबद्ध छन् ।

म्याक्स ६० क्यारेवियन टी-१० लिगको पहिलो संस्करण १८ अगस्टबाट शुरु हुनेछ । पहिलो संस्करणमा पाँच टोलीबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ