नेपालले रसियन टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले रसियन खेलाडी सम्मिलित टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

नेपालको रसियन दूतावासको सहयोगमा नेपाल र रसियन टोलीबीचको दुई मैत्रीपूर्ण खेल आगामी साउन ६ र ७ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हुने नेपाल भलिबल संघले जनाएको छ । नेपाली टोली नेपालमै आगामी अगस्ट १ देखि ७ सम्म आयोजना हुन लागेको महिला भलिबल नेसनल लिगको तयारीमा रहेको छ ।

नेपाली राष्ट्रिय महिला भलिबल टोलीले १० महिनापछि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता खेल्न लागेको हो । नेपाली टोलीले गत वर्ष २३ सेप्टेम्वर देखि ८ अक्टोवर २०२३ मा चीनमा भएको एसियन गेम्समा सहभागिता जनाएपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन । महिला टोलीको बन्द प्रशिक्षणमा १९ जना रहेपनि मिना सुनार र अनुषा चौधरीले माल्दिभ्समा आयोजना हुन लागेको काभा यु–२० महिला भलिबल लिग खेल्ने निर्णग गर्दै यु–२० टोलीमा सामेल भएका छन् ।

प्रशिक्षणमा रहेका खेलाडी
अरुणा शाही (कप्तान) सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, कामना विष्ट, मनिषा चौधरी, साफिया पुन, पुनम चन्द, संगम महतो, कविता भट्ट, प्रगति नाथ, लक्ष्मी चन्द, रिमा कुँवर, आरती सुवेदी, सलिना श्रेष्ठ, शान्तिकला तामाङ र सुमित्रा रेग्मी
मुख्य प्रशिक्षक – जगदिश प्रसाद भट्ट
सहायक प्रशिक्षक – भरत यादव र रुपेश विष्ट
टिम व्यवस्थापक – निलम बज्राचार्य

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ