एन्जल्स हार्ट सेमिफाइनलमा

आयोजक एन्जल्स हार्ट सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

मनमैजुस्थित घरेलु कोर्टमा एन्जल्स हार्टले ग्रिनल्यान्डलाई ३६–२५ ले पराजित ग¥यो । एन्जल्स हार्टका रुपेश पौडेलले १३ अंक जोडे । जुनियर ब्वाइजमै किङडमले गोल्डेनपिकलाई २९–२०, सेबले लालीगुराँस नेसनल एकेडेमीलाई १३–१० तथा ग्रिनफिल्डले जीवन ज्योतिलाई २१–१५ ले हराए । किङडमका जिमे लामाले १३, सेबका सुजन घलेले ५ र ग्रिनफिल्डका रिसन तामाङले ११ अंक जोडे । सिनियर गल्र्समा भ्याली पब्लिक ‘बी’ ले किङडमलाई २६–१८ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । उक्त स्पर्धामा भ्याली पब्लिक ‘ए’, टीआईए र ग्रिनल्यान्डले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ