केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिता कात्तिक १७ देखि हुने

काठमाडौं स्पोर्ट्स एकेडेमीको आयोजनामा आगामी कात्तिक १७ गतेदेखि ‘केएसए काठमाडौं १६ वडा कप राष्ट्रिय र्यापिड चेस प्रतियोगिता’ सञ्चालन हुने भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. १६ र काठमाडौं जिल्ला बुद्धिचाल संघको सह–आयोजनामा हुने यो दुईदिने प्रतियोगिता नयाँ बजारस्थित मल्टि भेन्युमा हुनेछ। स्वीस लिग प्रणालीबमोजिम ९ चरणमा खेलाइने यस प्रतियोगिताको कुल पुरस्कार राशि २ लाख ५३ हजार रुपैयाँ रहेको छ।

प्रतियोगितामा सहभागी हुन खुलातर्फ १ हजार रुपैयाँ तथा महिला र १६ वर्षमुनिका खेलाडीहरूका लागि ५ सय रुपैयाँ दर्ता शुल्क तोकिएको छ भने उपत्यका बाहिरबाट आउने खेलाडीहरूको लागि निःशुल्क आवासको व्यवस्था मिलाइएको आयोजक एकेडेमीका अध्यक्ष नारायणदास गमालले जानकारी दिएका छन्।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ