एनपीएल सिजन–३: जनकपुर बोल्ट्सको पहिलो जित, काठमाडौं गोर्खाज ८ विकेटले पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत जनकपुर बोल्ट्सले काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेको छ। बिहीबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौंले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।

जनकपुरका मोइन अलीले अविजित ५८ रन र सैफ हसनले अविजित ४० रन बनाए। त्यसअघि काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भएको थियो। जनकपुरका राहुल यादवले ४ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे र प्लेयर अफ द म्याच घोषित भए।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ