कोटेश्वर तेक्वान्दो डोजाङको आयोजनामा जीटीटीएफ लिडर्स कन्फ्रेन्स मंगलबार सम्पन्न भएको छ । कन्फ्रेन्सको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरे ।

एकदिने कन्फ्रेन्समा १ सय २० जनाको सहभागिता रहेको तेक्वान्दोका वरिष्ठ प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् । वरिष्ठ प्रशिक्षक श्रेष्ठको सहयोगमा ग्लोबल ट्रेडिसनल तेक्वान्दो फेडेरेसनका अध्यक्ष ग्रान्ड मास्टर जुन लिले कन्फ्रेन्स सञ्चालन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै एनओसीका अध्यक्ष श्रेष्ठले कोटेश्वर तेक्वान्दो डोजोङ राम्रो खेलाडी उत्पादन गर्ने डोजाङका रुपमा स्थापित भएको बताउदै कन्फ्रेन्सले सहभागीको आत्मविश्वास बृद्धिमा पनि सहयोग पुग्ने धारणा व्यक्त गरे ।
वरिष्ठ प्रशिक्षक श्रेष्ठले कन्फ्रेन्स सञ्चालनका लागि दक्षिण कोरिायबाट आएका अध्यक्ष लि लगायत सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा जीटीटीएफकी उपाध्यक्ष हियोक लि,जीटीटीएफ नेपालका अध्यक्ष सुरेन्द्र पराजुलीलगायतको उपस्थिति रहेको थियो ।
