विश्व गोजुरियो करातेमा सहभागी हुने खेलाडीको बिदाइ

एभरेष्ट मार्सल आर्ट्स ट्रेनिङ क्लबले आठौं डब्लुजीकेएफ विश्व गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुने आफ्ना खेलाडीलाई शुक्रबार बिदाइ गरेको छ । भारतको पुनेमा अक्टोबर ५ देखि १० तारिखसम्म हुने प्रतियोगितामा सहभागी हुन टोली बुधबार भारत प्रस्थान गर्ने छ ।
खेलाडीमा अन्भी शाही, मनीषा तामाङ, रितु कार्की, बन्दना तामाङ, राजीव चौधरी, यनोज महर्जन, भासराज दाहाल, दिप्सन सापकोटा, यजु महर्जन, सुविता गौतम, मेलिसा गुरुङ, सविर श्रेष्ठ डंगोल, जेमिन महर्जन, विजय बुढा र अनमोल रम्तेल रहेका छन् । खेलाडीले काता र कुमुतेमा स्पर्धामा प्रतिस्पर्धा गर्ने छन् ।
टिम प्रशिक्षकमा रन्जिता रिजाल र व्यवस्थापकमा आयुशा नेपाली छन् । एभरेष्टका प्रमुख प्रशिक्षक रवि शाही र प्रशंसा पहाडीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्ने छन् ।
टोलीलाई मौरिसस्का मानार्थ वाणिज्यदूत एवं नेपाल कराते महासंघका सल्लाहकार गणेश कार्की, आरजे स्पोर्ट्सका प्रोप्राइटर रमेश रुपाखेती, समृद्धि स्कुलका इसीए निर्देशक विकास शाहीलगायतले बिदाइ गरे । सो अवसरमा आरजे स्पोर्ट्ले टोलीलाई प्रायोजन गरेको टिसर्ट पनि हस्तान्तरण गरिएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ