पेस एक्स स्पोर्ट्स प्रिमियर लिग आजदेखि, विजेताले ५५ हजार पाउने

काठमाडौं, असोज ३ गते ।
महिलाको इन्डोर फुटबललाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘पेस एक्स स्पोर्ट्स प्रिमियर लिग–५ ए साइड’ आजदेखि सुरु भएको छ। प्रतियोगिता ललितपुरको च्यासलस्थित आर–२ गेमस्टेसनमा असोज ३ र ४ गते (सेप्टेम्बर १९ र २०) सञ्चालन हुनेछ।

पेस एक्स स्पोर्ट्सको आयोजनामा हुने प्रतियोगिता महिला टोलीका लागि खुला गरिएको छ। पाँच–ए–साइड ढाँचामा खेलाइने प्रतियोगितामा विभिन्न महिला फुटबल टोलीको सहभागिता रहको आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेता टोलीले ५५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। यस्तै उपविजेताले २५ हजार रुपैयाँ तथा तेस्रो स्थान हासिल गर्ने टोलीले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको छ। मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी), बेस्ट गोलकिपर र फेयर प्ले टिमलाई जनही ३ हजार १ सय रुपैयाँ पुरस्कार प्रदान गरिनेछ।
महिला फुटबल टोलीलाई लक्षित गरी आयोजना गरिएको प्रतियोगिताले इन्डोर फुटबलमा महिला खेलाडीको सहभागिता र प्रतिस्पर्धालाई थप प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

प्रतियोगिता ‘Stronger Women. Brighter Futures.’ भन्ने नारासहित आयोजना गरिएको हो। आयोजकका अनुसार महिला खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण उपलब्ध गराउँदै खेलकुदमार्फत उनीहरूको क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु प्रतियोगिताको उद्देश्य रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ