स्कोलर्स होम र जेबीलाई सफलता

काठमाडौं भदौ ३० गते ।
स्कोलर्स होम र जेबी स्कुलले २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा मंगलबार जित हात पारेका छन् ।
धापासीस्थित आयोजक ग्रिनल्यान्डको कोर्टमा स्कोलर्स होमले एचएचसीएलाई ३०–१९ ले पराजित ग¥यो । स्कोलर्सको जितमा आदित्य ठाकुरले १० अंक योगदान गरे । हरि मगरको १० अंक सहयोगमा जेबीले सेबलाई २१–१८ ले हरायो ।
जुनियर ब्वाइजमै लालीगुराँस नेसनल एकेडेमीले एन्जल्स हार्टलाई २४–२२, भद्रकालीले ज्ञान संस्कारलाई २९–१४, गण्डकीले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई २७–११ र फेरिल्यान्डले हिमालयलाई २५–१५ ले पाखा लगाए । लालीगुराँसका संगिता बलामीले १२, भद्रकालीका पाल्डेन लामाले १२, गण्डकीका सम्पूर्ण अधिकारीले १२ र फेरिल्यान्डका प्रज्ज्वल लिम्बूले १० स्कोर गरे ।
सिनियर ब्वाइजमा बीएनएले स्वेता सदनलाई ४९–२७ तथा गोल्डेनपिकले सेबलाई ५७–४१ ले पन्छाए । बीएनएका सुशान्त मगरले २० तथा गोल्डेनपिकका अग्रज राईले १९ अंक बटुले ।
गल्र्समा जेबीले सेबलाई ३०–१५, भ्याली पब्लिकले फेरिल्यान्डलाई २०–१४ र तेजस्वी एकेडेमीले विभूतिलाई २१–१२ ले पराजित गरे । जेबीकी कृष्टिना रावलले १८, भ्याली पब्लिककी दृष्य गुरुङले १० र तेजस्वीकी निशा पण्डितले १० स्कोर गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ