गल्र्स फुटबलमा एभीएम उपाधिनजिक

एभीएम ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत गल्र्स फुटबलमा बुधबार फाइनलमा प्रवेश गरेको छ । ६ टिम सहभागी गल्र्सको सुपर लिगमा एभीएम शीर्ष स्थानमा रहँदै फाइनल पुगेको हो । ४ मा जित र १ मा बराबरी निकालेको एभीएमले १३ अंक जोड्यो ।
बुङमतिस्थित आयोजक ज्ञानोदय बालवाटिकाको मैदानमा भएको सुपर लिगको आफ्नो अन्तिम खेलमा एभीएमले ज्ञानोदयलाई ५–० गोलले पराजित ग¥यो । आरोषी शर्मा एक्लैले ४ गोल गर्दा आयुशा विष्टले १ गोल थपिन् । फाइनल पुग्ने अर्को टोलीको टुंगो बिहीबार लाग्ने छ ।
ब्वाइज फुटबल तथा ब्वाइज÷गल्र्स बास्केटबलमा सेमिफाइनल समीकरण तयार भएको छ । ब्वाइज फुटबलको सेमिफाइनल रातो बंगला र डिएभी तथा ज्ञानोदय र लिटिल एन्जल्स (एलए) बीच हुनेछ ।
ब्वाइज बास्केटबलको सेमिफाइनलमा ज्ञानोदयले रातो बंगला तथा एलएले एलआरआई विरुद्ध खेल्ने छन् । गल्र्स बास्केटबलको सेमिफाइनलमा मल्पीले एलए तथा ज्ञानोदयले रातो बंगलासंग प्रतिस्पर्धा गर्ने छन् ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ