ग्रिनल्यान्ड बास्केटबल भोलिदेखि

काठमाडौं भदौ २३ गते ।
ग्रिनल्यान्ड स्कुलको आयोजनामा २० औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ ।
प्रतियोगितामा विभिन्न ३ विधामा ५९ टिमको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा ग्रिनल्यान्डका प्राचार्य थकिनकुमार गुरुङले जानकारी गराए । सिनियर ब्वाइजमा २५, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १८ टिम सहभागी हुने छन् ।
सिनियर ब्वाइजलाई ८ तथा सिनियर गल्र्स र जुनियर ब्वाइजलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । सिनियर ब्वाइजका समूह विजेता र उपविजेता प्रिक्वाटरफाइनलमा प्रवेश गर्ने छन् । बाँकी २ विधाका समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्ने छन् ।


प्राचार्य गुरूङले प्रतियोगिताले नयाँ प्रतिभा पहिचान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै बास्केबटलको विकास र विस्तारमा पनि टेवा पु¥याउने बताए ।
ग्रिनल्यान्डका सह—प्राचार्य बिनोद घिमिरे (बिजी) ले खेलकुद मार्फत विद्यार्थीहरूमा अनुशासन र टिमको भावना जगाउन सके शैक्षिक उन्नय पनि सँगसँगै लैजान सकिने धारणा व्यक्त गरे ।
असोज ३ गतेसम्म हुने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । प्रतियोगितामा फाइनलसहित कुल १ सय १७ खेल हुनेछ ।
ग्रिनल्यान्ड बास्केटबल २०६० सालदेखि सुरू भएको हो । २०६२÷६३ सालको जनआन्दोलन, २०७२ सालको महाभूकम्प र २०७५÷७६ सालको कोभिडको महामरी समयमा प्रतियोगिता भएन ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ