लिटिल एन्जल्स (एलए) र डिएभीले ३२ औं स.बल ज्ञान कार्निभलअन्तर्गत ब्वाइज फुटबलमा शनिबार जित हात पारेका छन् ।
एलएले मल्पीलाई ४–० गोलले पराजित ग¥यो । अक्षय श्रेष्ठले २ तथा सम्पन्न थिङ र रुपम ओलीले समान १–१ गोल गरे । डिएभीएले राई स्कुललाई ३–० गोलले हरायो । सुदिप भट्टराई, श्रेयान्स पाठक र रिजु अधिकारीले गोल गरे ।

ब्वाइज फुटबलमै रातो बंगलाले जेम्समाथि ९–० को सहज जित दर्ता ग¥यो । सिद्धान्त राईले ३, रोयस प्रधानले २ तथा आरभ श्रेष्ठ, कभिन श्रेष्ठ र निर्विग्न ढकालले समान १–१ गोल गरे । बाँकी एक गोल आत्माघाती थियो ।
गल्र्स फुटबलमा रातो बंगला र इस्टपोलले १–१ गोलको बराबरी खेले । रातो बंगलाकी काभ्या भट्टराई तथा इस्पपोलकी श्रृया खड्काले गोल गरे । एभीएमले एलएबाट वाकओभर पायो ।
बास्केटबलको ब्वाइजमा एलएले मल्पीलाई ४१–१७ ले पराजित ग¥यो । एलएका सुजल यादवले २० अंक जोडे । गल्र्समा मल्पीले एलिक्सर एकेडेमीलाई २०–१० ले हरायो । मल्पीकी सहारा गुरुङले ८ स्कोर गरिन् ।
