नखिपोट फोल्क्स फुटसलको क्वाटरफाइनल समीकरण पूरा

काठमाडौं भदौ १९ गते ।
प्रथम नखिपोट फोल्क्स महिला फुटसल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शुक्रबार तयार भएको छ ।
क्वाटरफाइनल स्टुडेन्ट एफसी र रोयल सिदिङवा, लिभुरा एफसी र एसडब्लुपीजे ‘ए’, कृजल एफसी र सातदोबाटो एफसी तथा एसडब्लुपीजे ‘बी’ र रोयल जुदह ‘बी’ बीच हुनेछ ।
नखिपोट फोल्क्सको आयोजनामा नखिपोटस्थित फुटसल भिलेजमा भइरहेको नकआउट प्रतियोगितामा २१ टिम सहभागी छन् । उद्घाटनका अवसरमा व्यवसायी प्रवीण राईले मोफसलबाट सहभागी सुनसरी डेफ टिमलाई प्रोत्साहन स्वरुण १० हजार नगद सहयोग गरेका थिए ।
विजेताले १ लाख १ हजार तथा उपविजेताले ५१ हजार नगद पुरस्कार पाउने आयोजकका संयोजक समित बेघा लिम्बूले जनाएका छन् । उत्कृष्ट खेलाडीले ७ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने  छ । उत्कृष्ट गोलरक्षक र उदीयमान खेलाडीले जनही ५ हजार नगद पुरस्कार हात पार्ने छन् । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ