३२औँ स.बल ज्ञान कार्निभलज्ञानोदय र लिटिल एन्जल्सको उत्कृष्ट प्रदर्शन


काठमाडौं भदौ १७ गते ।
ज्ञानोदय बालवाटिकाको आयोजनामा जारी ३२औँ स.बल ज्ञान कार्निभल फुटबल र बास्केटबल खेलमा बुधबार ज्ञानोदय बालबाटिका, लिटिल एन्जल्स, एभीएम र एलआरआईलगायतका विद्यालयले उत्कृष्ट प्रदर्शन गरेका छन्।

फुटबलको गर्ल्सतर्फ आयोजक ज्ञानोदय बालबाटिका स्कुलले लिटिल एन्जल्सलाई १–० गोलले पराजित गरेको छ। ज्ञानोदयको जितमा विपस्मा बुढाथोकीले निर्णायक गोल गरिन्। साथै आयोजक ज्ञानोदय रातो बंगला स्कुलसग पहिले खेलमा ४–० गोलले पराजित भयको थियो।

यस्तै, एभीएम स्कुलले त्रियोगलाई ५–० गोलको फराकिलो अन्तरले हरायो। एभीएमको जितमा उजशाले दुई तथा आरुषीले तीन गोल गरिन्।

फुटबलको ब्वाइजतर्फ लिटिल एन्जल्स स्कुलले डीएभी स्कुललाई ६–० गोलले पराजित गरेको छ। लिटिल एन्जल्सका लागि निश्चलले एक, दिपेशले दुई, जिमीले एक, रुद्रांशले एक तथा रुपमले एक गोल गरे।

त्यस्तै, मालपी स्कुलले राई स्कुललाई ३–० गोलले हरायो। मालपीका सार्थक लम्साल, राजकुमार हुमागाईं र अभिवजय कार्कीले एक–एक गोल गरे।

आयोजक ज्ञानोदय बालबाटिका स्कुलले एक्सेलसियरलाई पनि ३–० गोलले पराजित गरेको छ। ज्ञानोदयको जितमा प्रकाश थापाले ह्याट्रिक पूरा गरे।

गर्ल्स बास्केटबलतर्फ लिटिल एन्जल्सले एलआरआईलाई १६–७ अंकले पराजित गरेको छ। लिटिल एन्जल्सकी स्कारलेट प्रजापतिले सर्वाधिक ९ अंक जोडिन्।

डीएभीले एलिक्सिरलाई १९–११ अंकले हरायो। डीएभीकी स्मारिका महर्जनले टोलीका लागि सर्वाधिक ९ अंक योगदान गरिन्।

यस्तै, ब्वाइज बास्केटबलतर्फ एलआरआईले डीएभीलाई ३१–१६ अंकले पराजित गरेको छ। एलआरआईको जितमा दिवाङ लामाले सर्वाधिक १६ अंक जोडे।
प्रतियोगितामा स.बलको मुख्य प्रायोजन रहेको छ भने सफल दूध र फन पार्टनर चोकोफन क्रसको सह–प्रायोजन रहेको छ। विद्यालयस्तरका विद्यार्थीलाई खेलकुदमा सक्रिय बनाउने उद्देश्यसहित आयोजना हुँदै आएको ज्ञान कार्निभलमा विभिन्न विद्यालयका टोलीले बास्केटबल र फुटबललगायतका विधामा प्रतिस्पर्धा गरिरहेका छन्।

ज्ञानोदय बालवाटिका सन् १९७५ मा स्थापना भएको हो। विद्यालयले सन् १९९४ देखि ज्ञान कार्निभल आयोजना गर्दै आएको छ। लामो समयदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता विद्यालयस्तरका पुराना तथा लोकप्रिय खेलकुद प्रतियोगितामध्ये एकका रूपमा परिचित रहेको छ। यसपटक पनि प्रतियोगितामा बास्केटबल र फुटबलतर्फ विभिन्न विद्यालयका टोलीको सहभागिता रहेको छ।
साथै उक्त प्रतियोगिताका बिजेताले ट्रफी शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ