राष्ट्रिय खेलकुद परिषद् का नायब वरिष्ठ प्रशासकीय सचिवमा पौडेल मनोनित

काठमाडौं भदौ ५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नायब वरिष्ठ प्रशासकीय अधिकृत फणिन्द्र पौडेल दसौं राष्ट्रिय खेलकुद कार्य सम्पादन समितिको सचिवमा मनोनित भएका छन् ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन प्रक्रियालाई सरल, पारदर्शी र मितव्ययी बनाइ खेलकुदलाई मर्यादित, स्वच्छ, निष्पक्ष र व्यवस्थित रुपमा सञ्चालन गर्न बनेको राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिमा भएको व्यवस्था बमोजिम पौड्याललाई सचिव पदमा मनोनित गरिएको हो ।
राखेपका सदस्य–सचिव रामचरित्र मेहताले पौड्याललाई शुक्रबार पत्र हस्तान्तरण गरे । दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा २०८३ साल मंसिर १६ देखि २९ गतेसम्म हुनेछ ।

Share

One thought on “राष्ट्रिय खेलकुद परिषद् का नायब वरिष्ठ प्रशासकीय सचिवमा पौडेल मनोनित

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ