कार्यकारी सदस्य श्रेष्ठ पाकिस्तान प्रस्थान


काठमाडौं भदौ ५ गते ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) की कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ शुक्रबार पाकिस्तानको इस्लामाबाड प्रस्थान गरेकी छन् ।
राखेपको प्रतिनिधिका रुपमा दक्षिण एसियाली ओलम्पिक काउन्सिल (एसएओसी) को बैठकमा सहभागी हुन श्रेष्ठ पाकिस्तान प्रस्थान गरेकी हुन् । अगष्ट २३ र २४ तारिखमा हुने बैठकमा १४ औं दक्षिण एसियाली खेलकुद (साग) लगायतका विषयमा छलफल हुनेछ । सागको १३ औं संस्करण नेपालमा सन् २०१९ डिसेम्बरमा भएको थियो ।
श्रेष्ठलाई राखेपका सदस्य सचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धि व्यजन्कार र सल्लाहकार राजु सिंहले शुक्रबारै एक कार्यक्रममाबीच विदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ