
काठमाडौं साउन ३० गते ।
बाफलस्थित ग्रिनफिल्ड नेसनल स्कुलको आयोजनामा भइरहेको १३ औं ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको नकआउट समीकरण शनिबार तयार भएको छ । सिनियर ब्वाइजमा प्रिक्वाटरफाइनल तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
सिनियर ब्वाइजको प्रिक्वाटरफाइनल काठमाडौं भ्याली, रानीवन र काठमाडौं जेभियर्स, सनसाइन र साइन मोडेल, रेडियन्ट पब्लिक र ज्ञान निकेतन, क्षेत्रज्ञ र इनोभेटिम, मार्वलस र ब्राइट होराइजन, राइजिङ स्टार र संस्कृति इन्टरनेसनल स्कुल, पुष्पसदन र एन्जल लर्ड तथा गण्डकी र न्यु जेनिथबीच हुनेछ ।
सिनियर गल्र्समा भ्याली पब्लिकले काठमाडौं भ्याली, रानीवन, इडेन ब्रिज एकेडेमी (इबीए) ले ज्ञानोदय, रेडियन्ट पब्लिकले काठमाडौं जेभियर, कलंकी र स्वर्णिमले नवीन ज्योति विरुद्ध क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।
जुनियर ब्वाइजको क्वाटरफाइनलमा एन्जल्स हार्टले नेपालय, ग्रिनफिल्ड ‘ए’ ले केएससीएस, महामञ्जुश्रीले इबीए र ज्ञान निकेतनले नवीन ज्योतिको सामना गर्ने छन् ।