
काठमाडौं, साउन २३ गते ।
जेभियर इन्टरनेसनल कलेज र गोल्डेनगेट इन्टरनेसनल कलेजले प्रथम प्याराडाइस अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । जेभियर ब्वाइज तथा गोल्डेनगेट गल्र्समा च्याम्पियन बने ।
टोखा नगरपालिकाको साइबाबा चोकस्थित आयोजक प्याराडाइस स्पोर्ट्स एकेडेमीको हलमा भएको ब्वाइजको फाइनलमा जेभियरले सीसीआरसीलाई ६७–५४ ले पराजित ग¥यो । सीसीआरको जितमा महेन्द्र प्याकुरेलले १९ अंक योगदान गरे ।
पहिलो क्वाटरमा १६–११ ले अग्रता लिएको जेभियर दोश्रोमा १४–१८ ले पछि प¥यो । तेश्रो र चौथो क्वाटर क्रमशः १७–७ र २०–१८ ले आफ्नो पक्षमा पार्दै जेभियर उपाधि सुनिश्चित ग¥यो ।
गल्र्सको उपाधि भिडन्तमा एन्जल गुप्ताको १५ अंक सहयोगमा गोल्डेनगेटले निम्सलाई ३५–३० ले हरायो । गोल्डेनगेटले सुरुका २ क्वाटरमा समान ९–६ को अग्रता बनायो । तेश्रो क्वाटर निम्सले ११–४ ले आफ्नो पक्षमा पार्दै समग्रमा १ अंकको अग्रता बनाएको थियो । गोल्डेनगेटले निर्णायक चौथो क्वाटरमा १३–७ को प्रदर्शन गर्दै जित निश्चित ग¥यो ।
ब्वाइजमा जेभियरका रोशन नगरकोटी र गल्र्समा गोल्डेनगेटकी एन्जल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, आयोजक एकेडेमीका अध्यक्ष बद्री महतलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । आठदिने प्रतियोगिताको ब्वाइजमा १५ तथा गल्र्समा ७ टिम सहभागी थिए ।
