काठमाडौं असार २१ गते ।
क्यानडालाई पराजित गर्दै मोरोक्को विश्वकपको क्वार्टरफाइनल चरणमा प्रवेश गरेको छ । मोरोक्कोले क्यानडालाई ३-० ले पराजित गरेको हो ।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफको ५० औँ मिनेटमा अजेडिन ओनहायीले गोल गर्दै टोलीलाई अग्रता दिलाए । अकरफ हकिमिले दिएको पासलाई अजेडिनले गोलमा परिणत गरेका थिए । उनले खेलको ८२ औँ मिनेटमा अर्को गोल गरे ।
खेलको अतिरिक्त समयमा सुफियान रहिमिले गोल गर्दै नतिजा ३-० मा पुर्याएका हुन् ।
