काठमाडौं असार १५ गते ।
जुलाई ११ देखि मलेसियामा हुने एसीसी यू-१९ महिला प्रिमियर कपका लागि नेपाली यू-१९ महिला राष्ट्रिय क्रिकेट टोली घोषणा भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्का द्वारा जारी प्रेस विज्ञप्तिअनुसार टोलीको कप्तानी सोनी पाख्रिन ले गर्नेछिन्।
प्रतियोगिताका लागि घोषित १८ सदस्यीय टोलीमा सोनी पाख्रिन (कप्तान), सना प्रविण, अलिसा कुमारी यादव, सावित्री धामी, मनीषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, त्रिसना विश्वकर्मा, कृस्मा गुरुङ, अन्जी पाठक, मनीषा चौधरी, स्नेहा महरा, करुणा विष्ट, प्रतिमा साह, प्रिसना राना मगर, साक्षी यादव र आश्ना चौधरी रहेका छन्।
