शहिद स्मृति स्पोट्र्स एकेडेमीले प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको सहयोग तथा बागमती प्रदेश रग्बी संघको व्यवस्थापन र नेपाल रग्बी संघको समन्वयमा यहि मिति २०८३ साल असार १५ र १६ गते अर्थात (तदनुसार सन् २०२६ जुन २९ र ३० तारिख) मा ’सहिद स्मृति राष्ट्रिय यु २० पुरुष तथा महिला रग्बी प्रतियोगिता–२०८३“ (शहिद स्मृति राष्ट्रिय यु–२० पुरुष तथा महिला रग्बी च्याम्पियनसिप– २०२६) च्यासल रंगशालामा सञ्चालन गर्न गईरहेको छ । यश प्रतियोगितामा ६ पुरुष टीम र ५ महिला टीम सहभागी हुनेछ्न । यश प्रतियोगिता बाट नोबेम्बरमा मित्र राष्ट्र भारतमा हुने यु–२० एसियन टुर्नामेन्ट मा सहभागी हुने टीम को सेलेक्सन पनि हुनेछ । प्रतियोगिता को उद्घाटन बागमती प्रदेशकी युवा तथा खेलकुद मन्त्री उर्मिला नेपालले गर्नुहुने छ भने समापन एसिया रग्बी का उपाध्यक्ष तथा पुर्व राखेप सदस्य–सचिब टंकलाल घिसिङले गर्नु हुने रग्बी संघ का महासचिव गोबिन्द घिमिरे बताउनु भयो । प्रतियोगिता काष्ठमन्डप टेलिभिज बाट लाइभ प्रसारण हुनेछ भने हस्पिटल पाट्र्नर मा भक्तपुर इन्टरनेशनल हस्पिटल रहेको छ ।
