टेबलटेनिस खेलाडी छनोट

जापानको आइची–नागोयामा २०२६ सेप्टेम्बर १९ देखि अक्टोबर ४ तारिखसम्म हुने २० औँ एसियाली खेलकुदका लागि टेबलटेनिस खेलाडी छनोट प्रतियोगिता शनिबार राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्र, लैनचौरमा सम्पन्न भएको छ । अखिल नेपाल टेबलटेनिस संघले आयोजना गरेको दुईदिने छनोट प्रतियोगिताबाट समान ३–३ पुरुष÷महिला खेलाडी छनोट गरिएको टेबलटेनिस संघका कोषाध्यक्ष ज्याकी महर्जनले जनाएका छन् ।
पुरुषमा संयोग कपाली प्रथम, रुबिन महर्जन द्वितीय र गणञ्जय दाहाल तृतीय हुँदै छनोट भए । महिलामा नविता श्रेष्ठ पहिलो, इभाना थापा दोश्रो र योङ्गी पौडेल तेश्रो बन्दै छानिए ।
छनोट प्रतियोगितामा यहि जेठमा भएको ४२ औँ राष्ट्रिय टेबल टेनिस प्रतियोगितामा पुरुष÷महिला एकलतर्फ शीर्ष ८–८ स्थानमा रहेका खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्की नवनियुक्त कार्यकारी सदस्य सिक्का सुवाल श्रेष्ठ रहेकी थिइन् । सो अवसरमा अखिल नेपाल टेबलटेनिस संघले उनलाई बधाई दिदै सम्मान गरेको थियो ।
कार्यक्रममा अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल, महासचिव कुबेरप्रकाश सिंहलगायतको उपस्थिति रहेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ