काठमाडौं जेठ २२ गते ।
टेनिस प्रेमी रोविन थापाले टेनिसकी उदीयमान खेलाडी स्वस्तिका विष्टलाई सहयोग स्वरुप १ लाख ५० हजार रुपैयाँ प्रदान गरेका छन् ।
थापाले स्वस्तिाकालाई आफ्नो खेल करियरलाई अगाडि बढाउन थोरै भएपनि सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको बताउदै नेपालमा टेनिसको विकास र विस्तारका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
सातदोबाटोमा भएको कार्यक्रममा नेपाल टेनिस संघका अध्यक्ष मनोहरदास मुल, महासचिव निरेशबहादुर श्रेष्ठ, सचिव अजय विष्टलगायतको उपस्थिति रहेको थियो ।
