काठमाडौं जेठ २१ गते ।
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको खेलमा नेपालले मलेसियामाथि १६७ रनको फराकिलो जित निकाल्दै समूह ‘ए’ को विजेता बनेको छ ।
नेपालले दिएको २७६ रनको विशाल लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १०८ रन मात्र बनायो ।
