साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमै रोकियो

काठमाडौं जेठ २० गते ।

साफ महिला च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै फाइनल पुग्न असफल भएको छ।

बुधबार भारतको गोवास्थित जवाहरलाल नेहरु रंगशालामा अग्रतालाई जोगाउन नसक्दा नेपाल निरास बनेको हो ।

नेपाल दोस्रो पटक साफमा सेमिफाइनलबाटै बाहिरिएको हो भने बंगलादेशसँग पछिल्लो तीनवटै संस्करणमा नेपाल लगातार पराजित भएको हो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ