मनास्लुद्वारा उपाधि रक्षा

काठमाडौं बैशाख २२ गते ।
डिफेन्डिङ च्याम्पियन मनास्लुले चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा भएको फाइनलमा मनास्लुले बाल व्यवसायी केन्द्र माविलाई २–० गोलले पराजित गरी उपाधि रक्षा ग¥यो । ‘म्यान अफ द म्याच’ विमल तामाङ र संगम तामाङले समान १–१ गोल गरे । उपाधिसंगै मनास्लुले ३० हजार नगद पुरस्कार पायो भने बाल व्यवसायीले १५ हजार नगद पुरस्कार हात पा¥यो ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा मनास्लुका संगम तामाङ सर्वोत्कृष्ट खेलाडी, मनास्लुका विमल तामाङ उत्कृष्ट खेलाडी, बाल व्यवसायीका अर्जुन खडायत उत्कृष्ट डिफेन्डर, मनास्लुका मेवाङ लामा उत्कृष्ट गोलरक्षक तथा क्लिन्टनका अतुल्य पाण्डे उदीयमान खेलाडी घोषित भए । पाँचैले जनही २ हजार ५ सय नगद पुरस्कार पाए ।
विजेतालाई विराटजंग शाही, आयोजक वडा ७ का अध्यक्ष विमलकुमार होडालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा भएको सेभेन ए साइड स्वरुपको नकआउट प्रतियोगितामा १९ टिम सहभागी थिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ