काठमाडौं बैशाख २१ गते ।
नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ९साम्बा० स्वास्थ्य उपचारको निम्ति कतार पुगेकी छन् ।
सोमबार सावित्राले सामाजिक सञ्जालमार्फत शल्यक्रियापश्चातको रिह्याबको निम्ति कतारको अस्पेटार अस्पतालमा पुगेको जनाएकी हुन् ।
“लामो समयको प्रयासपछि अन्तत कतारको अस्पेटार अस्पतालमा आइपुगेको छु । अबको केही महिना यहाँ रहेर मेरो शल्यक्रियापछिको रिह्याबको कार्यलाई निरन्तरता दिनेछु,” सावित्राले सामाजिक सञ्जालमा सार्वजनिक गरेकी छन् ।
यसअघि उनी न्युजिल्यान्डमै आफ्नो घुँडाको एसीएल र एमसीएलमा लागेको चोटको उपचारपछि रिह्यावको क्रममा थिइन् ।
