लैनचौर टिम च्याम्पियन

काठमाडौं बैशाख २० गते ।

लैनचौर तेक्वान्दो डोजाङले दोश्रो एसकेबीसी काठमाडौं जिल्ला आमन्त्रण तेक्वान्दो प्रतियोगिताको उपाधि जितेको छ ।

एसकेबीसी तेक्वान्दो डोजाङको आयोजनामा बसुन्धरामा भएको प्रतियोगितामा लैनचौरले ६ स्वर्ण जित्यो । ५ स्वर्णसाथ आयोजक एसकेबीसी दोश्रो तथा ४ स्वर्णसाथ नागर्जुन तेक्वान्दो डोजाङ तेश्रो भए ।

पुरुषमा एसकेबीसीका रविन्द्र स्याङ्तान तथा महिलामा नागर्जुनकी रोशना थापा उत्कृष्ट खेलाडी घोषित भए ।

कार्यक्रममा एसकेबीसी वर्ष खेलाडी अवार्ड– २०८२ अन्तर्गत पुरुषमा सोफिक बराइली र महिलामा एलेक्सा पाण्डेलाई सम्मान गरिएको थियो । विशेष सम्मानस्वरूप गायक तथा गीतकार आर।के। थारु सम्मानित भए ।

प्रतियोगितामा विभिन्न २२ स्पर्धामा ३ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहेको रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले उद्घाटन गरेका थिए ।

प्रतियोगिता संयोजक एवं आयोजक डोजाङका प्रमुख रञ्जित डंगौराले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै धन्यवाद दिए ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ