चाँगुनारायण राष्ट्रिय ट्रेल रनमा राजन र सुनमाया पहिलो

काठमाडौँ, बैशाख १९ गते ।

चाँगुनारायण राष्ट्रिय ट्रेल रन शनिबार सम्पन्न भएको छ। प्रतियोगिताको चाँगुनारायण नगरपालिकाको मेयर जीवन खत्रीले उद्घाटन गरे । प्रतियोगिता जुनियर यु–२० को ७ किलोमिटर र खुला ३६ किलोमिटर गरी दुई विधामा भएको थियो।

खुला ३६ किलोमिटर दूरीको पुरुषमा नेपाल आर्मीका राजन रोकाय पहिलो भएका छन्। ताप्लेजुङका रमेश लिम्बु दोस्रो भएका छन् भने आर्मीका गोपाल तामाङ तेस्रो भएका छन्। त्यस्तै पुरुषतर्फ आर्मीका गजेन्द्र राई चौथो, प्रवल क्षेत्री पाँचौ, राजेन्द्र तामाङ छैटौं, तिलकबहादुर सुनार सातौं, विरेन्द्र पाण्डे आठौं, विशाल नवौं र रिखुलाल सिन्जाली मगर दसौं स्थानमा रहे ।

महिलामा भने सुनमाया बुढा पहिलो भएकी छिन्। आर्मीकी सुनसरी रोकाया दोश्रो र खोटाङकी निर्मला राई तेस्रो भएका छन् । फ्रान्सकी एलिस विसकेफ, आङ फुर्वा शेर्पा, काब्या रावल, सपना गुरुङ, शासा श्रेष्ठ, मुना लिम्बु र शारदा राईले क्रमशः चौथोदेखि दसौं स्थानमा रहे।

पुरुषतफर्फ पहिलो भएका राजनले निर्धारित दूरी २ घण्टा ६ मिनेट २३ सेकेन्डमा पूरा गरे । ताप्लेजुङका रमेश लिम्बुले २ घण्टा ७ मिनेट ३० सेकेन्ड तथा आर्मीका गोपाल तामाङले २ घण्टा ७ मिनेट ४२ सेकेन्डमा दूरी तय गरे ।

महिलातर्फ पहिलो भएकी सुनमायाले निर्धारित दूरी पूरा गर्न २ घण्टा २७ मिनेट १४ सेकेन्डा समय खर्चिन् । आर्मी सुनसरी दौड सकाउन सुनसरीले २ घण्टा ४४ मिनेट ५३ सेकेन्ड तथा निर्मलाले २ घण्टा ४६ मिनेट २९ सेकेन्ड समय लगाए ।

दुवैसमूहमा शीर्ष पाँच स्थानमा रहने क्रमशः १ लाख, ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार जिते । छैटौंदेखि दसौं स्थान हात पार्नेलाई जनही ३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।

जुनियर यु–२० को ७ किलोमिटर दूरीको पुरुषमा उत्तम तामाङ २१ मिनेट ९ सेकेन्ड समय निकाल्दै पहिलो भए । सुसन लामिछाने २१ मसनेट १५ सेकेन्डमा दोश्रो तथा खकेन्द्र शर्मा २१ मिनेट १९ सेकेन्डमा तेश्रो बने ।

सोही स्पर्धाको महिलामा शर्मिला गोले पहिलो भइन् । शर्मिलाले २७ मिनेट १९ सेकेन्डमा दूरी पार गरिन् । गीता नेपाली दोस्रो र मनिषा तामाङ तेस्रो भए । गीताले २७ मिनेट ४८ सेकेन्ड र मनिषाले २८ मिनेट २८ सेकेन्ड समय निकाले । दुवै समूहमा पहिलो हुनेले ३० हजार, दोश्रोले २० हजार र तेश्रोले १० हजार नगद पुरस्कार हात पारे । दसौं स्थानसम्मलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई बागमती प्रदेशका पर्यटन तथा संस्कृति मन्त्री सुरेश श्रेष्ठ र सचिव दिपेन्द्र सुवेदी, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० कार्यकारी समितिका सदस्य भानबहादुर चन्द, राखेपकासदस्य जगतसिंह धामी र सन्तकुमार मेहता, राखेपका पूर्व सदस्य सम्पन्न श्रेष्ठ, राखेप कार्यकारी समितिका पूर्व सदस्य एवं आयोजक संघका अध्यक्ष एकेन्द्र कुँवर, नेपाल फुल कन्ट्याक्ट कराते महासंघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी, प्रायोजक केएफसीका प्रतिनिधि सन्दीप कार्की, १४ पिक आउटडोरका प्रतिनिधि विक्रम कार्की, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ