काठमाडौँ, वैशाख ११ गते ।
दशौं पीएम कप एनभीए पुरुष भलिबल लिगमा नेपाल पुलिष क्लबले कोशी प्रदेश भलिबल क्लबलाई जितेको छ।
शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको खेलमा पुलिषले कोशी प्रदेशलाई ३-१ ले जितेको हो।
पुलिसले २५-२३, २२-२५,२५-२०, २५-२२ ले विजयी भएको थियो।
त्यस्तै आज नै भएको अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लबले एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराएको छ। रुकुम पश्चिम २५-१४, २५-२१, २५-१५ ले विजयी भएको थियो।
यस प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ६ गरी कुल १४ टोलीको सहभागिता रहेको छ।
प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ समान पुरस्कार राखिएको छ । विजेताले १० लाख, उपविजेताले ५ लाख र तेस्रो हुने टोलीले २ लाख ५० हजार रुपैयाँ पाउनेछन्।
