राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षबाट ध्रुव आचार्यले दिए राजीनामा

काठमाडौँ, चैत २९ गते ।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्यले राजनीमा दिएका छन्।

उनले युवा तथा खेलकुद मन्त्रालयलाई चैत १८ गते राजीनामा पत्र पठाएका हुन्।

‘मेरो कार्य व्यस्तता एवम् वर्तमानको आवश्यकता बदलिदो राजनैतिक परिवेशलाई मध्यनजर गर्दै उपाध्यक्ष पदको जिम्मेवारीमा रहि निरन्तर रूपमा निर्वाह गर्न असमर्थ भएकोले आजकै मितिदेखि लागू हुने गरी राष्ट्रिय खेलकुद परिषद्‌को उपाध्यक्ष पदबाट राजीनामा पेश गरेको छु,’ राजीनामा पत्रमा उल्लेख गरिएको छ।

उनलाई तत्कालिन केपी ओली सरकारले २०८१ को पुसमा उपाध्यक्ष नियुक्त गरेको थियो।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ