नेपाल कबड्डी लिगः यी हुन् ६ सहरका ६ टिमका मालिक

काठमाडौं । २०८२ साल चैत १४ गते शनिबार

नेपाल कबड्डी लिग सिजन २ मा प्रतिस्पर्धा गर्ने ६ टिमका मालिक सार्वजनिक गरिएको छ । आयोजक एस्ट्रोनिक्स म्योनजेमन्टद्वारा होटल याक एन्ड यतिमा शनिबार आयोजित कार्यक्रममार्फत् फ्रेन्चाइज टिमका मालिक सार्वजनिक गरिएको हो ।

नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाको नेसनल इन्भेष्टमेन्ट होल्डिङ प्रा.लि.ले विराटनगरको टिम लिएको छ । र, यो टिम नाम परिवर्तन् गर्दै विराटनगर ब्यान्डिट्सबाट विराटनगर बाहुबली बनेको छ । पहिलो संस्करणको च्याम्पियन जनकपुर नाइट्सको स्वामित्व नेको इन्स्योरेन्स लिमिटेडमा यथावत् रहेको छ । उपविजेता काठमाडौं माभरिक्सको स्वामित्व काठमाडौं माभरिक्स प्रा.लि.मा पुगेको छ ।

त्यस्तै, फेवा कन्स्ट्रक्सन प्रा.लि.ले पोखरा लेकर्स लिएको छ भने मोराई कर्पोरेसन प्रा.लि.मा बुटवल बुल्सको स्वामित्व रहेको छ । यससँगै हिमालयन रेइडर्सको रुपमा पहिलो संस्करणमा प्रतिस्पर्धा गरेको बुटवलको टिमको नाम बुटवल बुल्स बनेको छ । धनगढी वाइल्डक्याट्स प्रा.लि.को नाममा सुदूरपश्चिमको प्रतिनिधि टिम धनगढी वाइल्डक्याट्स भएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ