काठमाडौं, चैत १० गते ।
आईटीएफ एसिया यु–१२ टिम कम्पिटिसन (दक्षिण एसियाली क्षेत्रीय छनोट) का लागि नेपालबाट समान ३–३ ब्वाइज÷गल्र्स गरी ६ खेलाडी मंगलबार छनोट भएका छन् ।
नेपाल टेनिस संघको आयोजनामा सातदोबाटोस्थित टेनिस कम्प्लेक्समा भएको छनोट प्रतियोगिताबाट खेलाडी छनोट भएका हुन्।
ब्वाइजमा आरित मल्ल, सभ्यजंग कार्की र सहंश बस्नेत छनोट भए । गल्र्समा सारा पन्त, आर्या पौडेल र नायरा सि घले छानिए । ब्वाइजमा ७ तथा गल्र्समा ६ खेलाडी छनोटमा सहभागी थिए ।
प्रतियोगिता अप्रिल १३ देखि १७ तारिखसम्म सातदोबाटोस्थित टेनिस कम्प्लेक्समै हुने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।
