हाइएर ग्राउण्ड नेपालले अन्तर्राष्ट्रिय महिला महिनाको अवसर पारेर आगामी शनिबार ५ किलोमिटर फन रन आयोजना गर्ने भएको छ ।

उक्त दौड जावलाखेल फुटबल ग्राउन्डबाट सुरु भई भनिमण्डल, ठाडोढुंगा, सानेपा खरिबोट, अरुण थापा चोक हुँदै पुनः जावलाखेल फुटबल ग्राउन्डमा पुगेर समापन हुनेछ । कार्यक्रममा २,००० जनाभन्दा बढीको सहभागीताको अपेक्षा गरिएको छ ।
सन् २०१५ देखि सुरु भएको यस फन रन कार्यक्रममा हालसम्म १०,००० भन्दा बढी व्यक्तिहरू सहभागी भइसकेका छन् । यस वर्षको संकलित रकम नेपाल क्यान्सर सर्पोट डुकुछापका बालबालिकाहरुका लागि छात्रवृत्ति, वित्तीय साक्षरता तथा व्यवसाय तालिम, र ललितपुरका महिला उद्यमी समूहहरूलाई सहयोग गर्न प्रयोग गरिनेछ । कार्यक्रममा सहभागी हुन दर्ता शुल्क रु. ५०० राखिएको छ, जसमा टी–सर्ट र फिनिसर मेडल समावेश गरिएको छ । पुरुष, महिला, १८ वर्षमुनिका र व्हीलचेयर विधाका विजेताहरूलाई पुरस्कार प्रदान गरिनेछ ।

