प्याब्सन क्रिकेट लिग: लुम्बिनी र काठमाडौं फाइनलमा

काठमाडौं, फागुन ५ गते।

प्याब्सन लुम्बिनी र आयोजक प्याब्सन काठमाडौं यु–१५ प्याब्सन क्रिकेट लिग (पीसीएल) मा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।

तल्लो मूलपानी क्रिकेट मैदानमा लुम्बिनीले प्याब्सन बागमतीलाई १६ रनले पराजित ग¥यो । पहिले ब्याटिङ गरेको लुम्बिनी निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १ सय १३ रन बनयो । बागमतीले २० ओभरमा ७ विकेट गुमाउदै ९७ रन जोड्यो ।

काठमाडौंले प्याब्सन मधेशलाई ६ रनले हरायो । काठमाडौंले २० ओभरमा ७ विकेट क्षतिमा १ सय ३ रनको योगफल खडा ग¥यो । मधेशले २० ओभरमा ९ विकेट क्षतिमा ९७ रन बनायो । फाइनल बुधबार हुनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ