लोयल्टी कप मंगलबारदेखि

काठमाडौं, फागुन ४ गते ।

लोयल्टी एकेडेमीको आयोजनामा १४ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता रहने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले जनाएका छन् । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहको शीर्ष २ टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्।

समूह ‘ए’ इस्टपोल, नेपाल मोडेल, काठमाडौं भ्याली र जगत मन्दिर तथा समूह ‘बी’ मन्जरी, फेरिल्यान्ड, लोयल्टी ‘ए’ र द राइजिङ स्टार रहेका छन् । ब्रम्हकुञ्ज, लिटिल एन्जल्स, स्वस्तिश्री र रिलायन्स समूह ‘सी’ तथा लोयल्टी ‘बी’, त्रिज्योति, आईआरए र जिनियस समूह ‘डि’ मा छन् ।

फागुन ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मण्डिखाटारस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ । गत संस्करणको उपाधि लिटिल एन्जल्सले जितेको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ