आगामी सोमबारबाट एम्पुटी फुटबल च्याम्पियनसिप

काठमाडौँ, फागुन ३ गते । एम्पुटी खेलकुद समाज नेपालको आयोजानमा आगामी सोमबारबाट एम्पुटी फुटबल च्याम्पियनसिप हुने भएको छ ।

सातदोवाटोस्थित एन्फा मैदानमा हुने दुई दिने प्रतियोगितामा बागमती, लुम्बिनी, सुदूरपश्चिम प्रदेश र विभागीय टोली आर्मीसहित चार टोलीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा समाजका संस्थापक डिल्लीबहादुर विष्टले जानकारी दिएका छन्।

सेभेन ए साइड ढाँचाको प्रतियोगिता २५/२५ मिनेटको हुनेछ । त्यसैगरी प्रतियोगिता नकआउटका आधारमा खेलाइने एम्पुटी फुटबल प्रशिक्षक चक्रबहादुर तामाङले बताए । यसैबीच शारिरिक रुपमा अपाङ्गता भएका ब्यक्तिका लागि यस्ता खाले प्रतियोगिताले छुट्टै आत्मविश्वास जगाउने समाजकी उपाध्यक्ष निर्मला भण्डारीले जानकारी दिएकी छिन् ।

प्रतियोगिताकालाई विश्व एम्पुटी फुटबल महासङ्घ (वाफ) र फिफा फाउन्डेसनले सहयोग गरेको छ । प्रतियोगिताका विजेता टोलीलाई १० हजार र विधागत उत्कृष्टलाई जनही पाँच/पाँच हजाररुपियाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ