काठमाडौँ, माघ २८ गते।
१५ औँ खुम्बु ल्होसार कप अन्तर्गत बुधबार भएको खेलमा महेन्द्र ज्योती एक्स स्टुडेन्ट फोरम, फाराक र खुम्जुङ युथ क्लब विजयी भएका छन्।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा महेन्द्र ज्योती एक्स स्टुडेन्ट फोरम, फाराकले खुम्बु याम्बु शेर्पा समाजलाई १–० गोलले पराजित ग¥यो । फाराकका लागि पेम्बा स्माइल शेर्पाले २० मिनेटमा एक गोल गरे।
त्यस्तै बुधबार नै भएको अर्को खेलमा खुम्जुङ युथ क्लबले खुन्दे कम्युनिटी क्लबलाई २–० ले पराजित ग¥यो । खुम्जुङका लागि फुरा इब्रा शेर्पाले २८ र ६२ मिनेटमा एक एक गोल गरे।
