एन्फा महिला च्याम्पियनसिपको तयारी पूरा

काठमाडौँ, माघ २६ गते ।

एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटबल प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिएको हो। प्रतियोगिता फागुन ९ देखि २१ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा हुनेछ।

प्रतियोगिताको विजेताले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने छन्। उपविजेताले ५ लाख रुपैयाँ पाउनेछ भने सेमिफाइनल चरणमा पराजित दुई टिमलाई जनही ५० हजार रुपैयाँ प्रदान गरिनेछ।

साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उच्च गोलकर्तालाई समेत जनही ५० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिनेछ।

प्रतियोगितामा गाईघाट एफसी, न्युरोड टिम त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिर्सोट एन्ड बिच फुटबल, चर्च व्बाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरी १० टिमको सहभागिता रहनेछ।

प्रतियोगिताको टिकट दर क्वार्टरफाइनलसम्म १०० र सेमिफिइनलको २०० रुपैयाँ तोकिएको छ। प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार २० रुपैयाँ रहेको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ