काठमाडौँ, माघ २१ गते ।
टर्कीको इस्तानबुलमा आयोजना भएको डब्लु के एफ कराते प्रीमियर लिगकी रजत पदक विजेता एरिका गुरुङ बुधबार स्वदेश फकिएकी छिन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवम् नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङ लगायतका पदाधिकारीहरूसँगै राष्ट्रिय खेलाडीहरूले स्वागत गरेका हुन्।
एरिकासँगै टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठ तथा राष्ट्रिय रेफ्री कमिसन सदस्य एवं अन्तर्राष्ट्रिय रेफ्री तारा गुरुङ पनि स्वदेश फर्किएका छन्।
गत आइतबार राति भएको प्रतियोगितामा एरिकाले ६८ केजी तौल समूहको महिला कुमितेमा काजकिस्तानकी सोफिया बेरुल्त्सेभासँग ४–२ ले पराजित भएकी थिइन्।
