पाकिस्तान–नेपाल मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता माघ २४ देखि

काठमाडौं, माघ १५ गते ।
पाकिस्तान र नेपालबीचको मैत्रीपूर्ण टी–२० क्रिकेट प्रतियोगिता माघ २४ गतेदेखि काठमाडौंमा सुरु हुने भएको छ। प्रतियोगिता पाकिस्तान दूतावास, काठमाडौंको आयोजनामा हुन लागेको हो।

पत्रकार सम्मेलनमा पाकिस्तान दूतावासका प्रथम सचिव श्री मोहम्मद हारुन रशिद तथा नेपाल क्रिकेट संघ (क्यान)  प्रतियोगिताका टेक्निकल निर्देशक रवीन्द्र गुप्ताले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराए।
‘पाकिस्तान–नेपाल फ्रेन्डसिप टी–२० क्रिकेट टुर्नामेन्ट’ नाम दिइएको प्रतियोगिता माघ २४ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा जम्मा १२ टोलीको सहभागिता रहनेछ। प्रतियोगिता लिग प्रणालीमा सञ्चालन हुनेछ।

प्रतियोगितामा कुल १५ खेल हुनेछन्। जसअन्तर्गत १२ समूह चरणका खेल, दुई सेमिफाइनल र एक फाइनल खेल हुनेछन्।

समूह विभाजन

समूह ‘ए’ मा पाकिस्तान एम्बेसी क्रिकेट क्लब, ग्लोबल आइएमई क्रिकेट क्लब र पीएनएएन क्रिकेट क्लब रहेका छन्।
समूह ‘बी’ मा जीएचसीए, हिमालयन क्रिकेट एकेडेमी र बालुवाटार क्रिकेट एकेडेमी रहेका छन्।
समूह ‘सी’ मा क्रिकेट एक्सिलेन्स सेन्टर, एचके क्रिकेट क्लब र हिमालयन स्पोर्ट्स एकेडेमी रहेका छन्।
समूह ‘डी’ मा काठमाडौं क्रिकेट एकेडेमी, एनपीवाईसी क्रिकेट क्लब र एन्जल्स स्पोर्ट्स एकेडेमी सहभागी छन्।

समूह चरणका खेलहरू माघ २४ देखि ३० गतेसम्म सञ्चालन हुनेछन्। प्रत्येक दिन दुई खेल हुनेछन्। पहिलो खेल बिहान ८ः३० बजे र दोस्रो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ।

फागुन १ गते सेमिफाइनल खेलहरू हुनेछन्। पहिलो सेमिफाइनल समूह ‘ए’ विजेता र समूह ‘डी’ विजेताबीच हुनेछ भने दोस्रो सेमिफाइनल समूह ‘बी’ विजेता र समूह ‘सी’ विजेताबीच हुनेछ।
फाइनल खेल फागुन २ गते बिहान ८ः३० बजे हुनेछ।
नियम तथा प्रावधान
प्रतियोगितामा सहभागी टोलीका कप्तानले १५ खेलाडीको नामावली आयोजक समितिमा बुझाउनुपर्नेछ।
राष्ट्रिय स्तरका प्रतियोगिता (ईपीएल, बीपीएल, आईपीबी, पीपीएल, केपी ओली कप, प्रधानमन्त्री कप आदि खेलिसकेका खेलाडीलाई प्रतियोगितामा सहभागी गराइने छैन।

एक बलरले अधिकतम चार ओभर मात्र बलिङ गर्न पाउनेछन्। खेल बराबरी भएमा सुपर ओभर खेलाइनेछ।
इनिङ्सबीच २० मिनेटको विश्राम समय रहनेछ।

खेलका क्रममा सामान्य चोटपटक लागेमा आयोजक समितिबाट प्राथमिक उपचारको व्यवस्था गरिनेछ भने गम्भीर चोटपटकको उपचारको जिम्मेवारी खेलाडी स्वयंको हुनेछ। एम्पायरको निर्णय अन्तिम हुनेछ भने प्रतियोगिताका उत्क्रिस्ट बलर,म्यान अफदी म्याचलाई पुरस्कार दीईने पत्रकार सम्मेलनमा बताए। प्रतियोगिताका बिजेताले नगत पचास हजार र उपविजेताले पच्चीस हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन।
आयोजकका अनुसार प्रतियोगिताले नेपाल र पाकिस्तानबीचको मित्रता तथा खेलकुद सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ