वादोरियो कराते भारत जाने

काठमाडौं, माघ १४ गते ।
नवौं अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषाकापटनम प्रस्थान गरेको छ ।
जनवरी ३० देखि फेब्रुअरी १ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६५ केजीमा राजु बुढाथोकी, ५५ केजीमा विसन थापा मगर, ४५ केजीमा रिजन बुढा मगर र ३० केजीमा शिशीर थापाले प्रतिस्पर्धा गर्ने छन् ।
महिला ६० केजीमा दिया पहरी तथा ४५ केजीमा स्वेता तारा गुरुङ सहभागी हुने छन् । अफिसियलमा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं प्रमुख प्रशिक्षक हरिशरण केसी र निर्णायकमा सागर काफ्ले छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहताले बुधबार एक कार्यक्रमबीच बिदाइ गरे ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ