एपीएफ राष्ट्रिय लिगको शीर्षस्थानमा

काठमाडौं, माघ १४ गते ।

विभागीय टोली नेपाल एपीएफ क्लब एन्फा राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्षस्थानमा पुगेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा बुधबार भएको खेलमा एपीएफले जावलाखेल युथ क्लबलाई २–१ गोलले हराएको छ । एपीएफ जारी लिगमा अपराजित टोली बनेको छ ।

एपीएफको जितमा समीरराज थोकरले दुवै गोल गरे । जावलाखेलका धर्बेन्द्र कुँवरले एक गोल गर्दै सान्त्वना दिए ।

जितसँगै एपीएफले चार खेलबाट १२ अंक बनाएको छ । समान खेलबाट १० अंक बनाएको लालीगुराँस एसोसिएसन दोस्रो स्थानमा छ । तीन खेलमा तीन हार खेलेको जावलाखेल तीन अंकमा सीमित छ ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ ‘ए’ डिभिजन टोलीसँगै मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेता टोलीले ५० लाख रुपैयाँ पुरस्कार पाउनेछ ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ