७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमाचार किलोमिटर दौड

काठमाडौं, माघ १० गते ।
७४औ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा आयोजित ४ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ । भन्सार विभाग त्रिपुरेश्वरदेखि थापाथली, माइतिघर, बानेश्वर, तिनकुने हुँदै त्रि.वि. भन्सार कार्यालयसम्म दौड प्रतियोगिता रहेको थियो ।  नेपाली सेना, ससस्त्र प्रहरी वल, भन्सार कर्मचारी, भन्सार एजेन्ट, नेपाल फ्रेट फरवार्डरस एसोसिससन, नेपाल भन्सार एजेन्ट संघ काठमाडौं, नेपाल निर्यात परिषद् ठमेल तथा नेपाल कुरियर सेवा संघ काठमाडौं सहित १५० जना प्रतियोगीहरुको सहभागीता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ ससस्त्र प्रहरीका रुपेस कार्को ले १५.३१ मिनेटमा दुरी पार गर्दै प्रथम स्थान हासिल गरे भने नेपाली सेनाका राजीव कुमार नेपाललले १८.२० मिनेटमा दुरी पार गर्दे दोश्रो तथा नेपाल सेनाकै  संजीव माझीले १८.२२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासिल गरे । महिला तर्फ नेपाली सेनाका लक्ष्मी खड्काले २२.२९ मिनेटमा दुरी पार गर्दै प्रथम तथा ससस्त्र  प्रहरीका ताराकुमारी गिरी ले २३.२५ मा दुरी पार गर्दै दोश्रो र ससस्त्रकै रिता खड्काले २५.०२ मिनेटमा दुरी पार गर्दै तेस्रो स्थान हासील गरे ।
विजयी प्रतियोगीहरुलाई यही माघ १२ गते, २६ जनवरी, अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा त्रिवि भन्सार कार्यालयमा हुने विशेष समारोहमा नगद पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने जानकारी नेपाल भन्सार एजेन्ट संघ काठमाडौंका अध्यक्ष होमनाथ धमलाले जानकारी दिनुभयो ।  पुरस्कारको राशी प्रथम २५ हजार, दोश्रो १५ हजार र तेस्रो हुनेलाई १० हजार प्रदान गरिने छ । त्रिवि भन्सार कार्यालय, नेपाल भन्सार एजेन्ट संघ काठमाण्डौ, नेपाल फ्रेट फरवाडरर्स एसोसियसन, नेपाल निर्यात परिषद काठमाण्डौ तथा नेपाल कुरियर सेवासंघ को संयुक्त आयोजनामा सम्पन्न यस प्रतियोगिताको उदघाटन त्रिवि  भन्सार कार्यालयका प्रमुख विष्णुप्रसाद ज्ञवाली ले गर्नुभएको थियो ।

Share

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ