
काठमाडौं, माघ ६ गते ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) को आयोजनामा २५ औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता बैशाख ४ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
सोही अवधिमा दोश्रो यु–१५ विद्यालयस्तरीय आईटीएफ तेक्वान्दो प्रतियोगिता पनि काठमाडौंमा हुने आयोजक महासंघका महासचिव घमबहादुर थापाले जनाएका छन् ।
राष्ट्रिय टेक्निकल सेमिनार जेठ २९ देखि ३० गतेसम्म काठमाडौंमा हुने भएको छ । महासंघका अध्यक्ष प्रवीणकुमार कार्कीको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो ।